मानब अधिकार तथा शान्ती समाजको शाखा गठन तथा प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ४ असोज । मानब अधिकार तथा शान्ती समाजको आयोजनामा जिल्ला शाखा गठन तथा प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ । 
   कार्यक्रममा मन्तब्य राख्दै जिल्ला न्याधीस ब्रजेस प्याकुरेलले देसमा दिगो शान्ती स्थापना गर्न र लोकतान्त्रिक संबिधान निर्माण गर्न सबै एक जुट हुनु पर्ने बताउनु भयो । उहाले मानब अधिकारको प्रबर्धन गर्न तथा कार्यन्वयनका लागि  न्यायलयको भुमिकापनि महत्वपुर्ण रहेको बताउनु भएको छ  । 
  कार्यक्रममा मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय उपसभापति गंगाधर अधिकारीले सबै नेपालीलाइ मानब अधिकारको प्रत्याभुति दिलाउन र देसमा दिगो शान्ती स्थानिा गरि अहिंसाको माध्यमबाट अघि बढ्नकालागि मानब अधिकार तथा शान्ती समाज लागि परेको बताउनु भयो । 
   कार्यक्रममा  प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसि, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य,एमाओबादीका जिल्ला सचिबालय सदस्य रामबहादुर रायमाझि,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी, नेकपा माओबादीका जिल्ला सदस्य योगेन्द्र चौहान लगायतले मन्तब्य राखेका थिए ।
  त्यसै गरि  मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय सदस्य गोबिन्द खनाल,उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,बार एसोसिएसनका जिल्ला अध्यक्ष केबी भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थी, महिला मानब अधिकार रक्षक सञ्जालकि जिल्ला अध्यक्ष जानका बन्जाडे, इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसाल, लगायतले मन्तब्य राख्नु भएको थियो 
   कार्यक्रम बिष्णु भुसालको अध्यक्षता, प्रेमनारायण आचार्यको सञ्चालन र सुर्य प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु