प्रेमनारायण आचार्य
अर्घाखाँची ५ असोज । स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा अन्तराष्ट्रिय शान्ती दिबसको अबसरमा प्रबचन कार्यक्रम सन्धिखर्कको शान्ती बगैचामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले शहिदहरुको सपना पुरा गर्न र द्धन्द्धपिडीतको घाउमा मलाम लगाउन र समयमै लोकतान्त्रिक संबिधान निर्माण गरि शान्ती पकृयालाइ निष्कर्षमा पुराउन सबै एक जुट हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, स्थानीय बिकास अधिकारी हेमराज भुसाल, नेपालि काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, सचिब बासुदेब आचार्य, एमालेका जिल्ला सचिब रामबहादुर चौहान, एमाओबादीका जिल्ला उपाध्यक्ष कमल खनाल, नेकपा माओबादीका जिल्ला सचिबालय सदस्य खेम बहादुर घर्ती, राप्रपाका देबीबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पाटीका इन्द्र गेलेंग, नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनाारयण आचार्य लगायतले मन्तब्य राख्दै शान्ती प्रकृयालाइ निष्कर्षमा पुराउन सबै एकजुट हुनु पर्ने बताएका थिए ।
कार्यक्रम स्थानीय शान्ती समितिका सदस्य बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता, सोभाखर पन्थीको सञ्चालन र जगन्नाथ भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।