पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्यलाभ गरी डिस्चार्च

काठमाडौं, आश्विन ६ । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्यलाभ गरी थापाथलीस्थित नर्भिक अस्पतालबाट सोमबार डिस्चार्च भएका छन् । शाह अस्पतालबाट निजी निवास निर्मल निवासमा पुगेका छन् ।
शाह पूर्ण रुपमा स्वस्थ भएकाले डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले जानकारी दिए । चिकित्सकहरुले शाहलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।
/>यसैबीच, राष्ट्रपति डा. रामवरण यादवले पूर्वराजा शाहको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । शाहको उपचारमा संलग्न चिकित्सकहरुलाई फोन गरी उनले स्वास्थ्यस्थितिको जानकारी लिएका हुन् ।
शनिवार राति पौने १० बजेतिर अचानक चिटचिट पसिना आउने, रिंगटा लाग्ने र वाकवाकी हुने भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा पूर्वराजाको कोरिनरी एनजीओग्राम र एनजीओ प्लाष्टिक स्टेनिङ गरी मुटुको बन्द नशा खुलाइएको थियो ।
शाहको स्वास्थ्य स्थिति बुझ्न सोमबार पनि बिहानैदेखि अस्पतालमा शुभेच्छुकहरु पुगेका थिए । उपराष्ट्रपति परमानन्द झा, उर्जामन्त्री राधा ज्ञवालीले पनि शाहलाई भेटी स्वास्थ्य अवस्था बुझेका थिए । IMAGEKHABAR