काठमाडौं, आश्विन ६ । संसदको संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ ।
समितिको सोमबार बिहान बसेको बैठकले विभिन्न ६ मुलुकका लागि सरकारले गरेको राजदूत सिफारिसलाई अनुमोदन गरेको हो ।
परराष्ट्र मन्त्रालयका सहसचिवहरु खगनाथ अधिकारीलाई थाइल्यान्ड, दीपक धिताललाई जेनेभा, अम्बिका लुइँटेललाई फ्रान्स, यज्ञबहादुर हमाललाई कुवेत, कालीप्रसाद पोखरेललाई क्यानडा र अमृत राईलाई दक्षिण कोरियामा राजदूत बनाउन सरकारले सिफारिस गरेको थियो ।
संसदीय समितिको अनुमोदनसँगै अब उनीहरुले नियुक्ति पाउने छन् । गत भाद्र १९ गते बसेको मन्त्रिपरिषद बैठकले राजदूतको सिफारिस गरेको थियो । SETOPATI