म्याग्दीकोे हिस्तानमा यात्रुबाहक जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु

म्याग्दी, आश्विन ७ । म्याग्दीकोे हिस्तानमा यात्रुबाहक जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । राम्चेबाट बेनीतर्फ जाँदै गरेको ग१ज ४३२४ नम्बरको जिप हिस्तान नजिकै गिद्धेश्वर मन्दिरको भीरबाट करिब २ सय मिटर तल खस्दा १२ जनाको मृत्यु भएको हो ।
जिपमा १३ जना सवार भएको भनिए पनि १२ जनाको मात्र शव फेला परेको छ । एकजनाको अवस्था भने अझै अज्ञात रहेको छ ।
मृत्यु हुनेमा राम्चे गाविसका सचिव शालिग्राम सापकोटा, उनका भाइ बैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय बाग्लुङका कर्मचारी डिल्लु श्रेष्ठ, भवन डिभिजन कार्यालय बाग्लुङका सुपरभाइजर हेमन्त सिउथानी, राम्चे स्वास्थ्य चौकीका ठेकेदार अर्जुन भनिने रामबहादुर खत्री, राम्चे काफलवोटका घमबहादुर पुर्जा, राम्चे ३ का सुरेश गर्वुजा, राम्चे ४ की याममाया पुर्जा, बागलुङका सुमित मलेपति, हिस्तान घराम्दीका देउबहादुर गर्जुवा, उनकी श्रीमती सममती गर्जुवा र हिस्तान घराम्दी कै हेमसरा गर्जुवा रहेका छन् । IMAGEKHABAR