काठमाडौं, आश्विन ७ । नेपालको वामपन्थी र महिला आन्दोलनकी धरोहर एमाले नेतृ सहाना प्रधानको सरकारी सम्मानकासाथ अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा नेतृ प्रधानको पार्थिक शरीरमा उनका छोरा उमेश प्रधानले दागबत्ति दिएका थिए ।
त्यसक्रममा शसस्त्र प्रहरीले नेतृ प्रधानलाई सलामी दिएको थियो ।
यस्तै, नेतृ प्रधानको पार्थिव शरीरमा कार्यबहाक प्रधानमन्त्री बामदेब गौतमले राष्ट्रिय झन्डा, एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा, पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधव नेपालले पुष्पलालको तस्वीर अंकित झन्डा र अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले महिला संघको झन्डा ओढाएका थिए ।
सहानाप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न विभिन्न दलका नेता र शुभेच्छुकहरु पशुपति आर्यघाट पुगेका थिए ।
यसअघि श्रद्धान्जलीका लागि उनको पार्थिव शरीर बिहान ८ बजेबाट एमाले पार्टी कार्यालय बल्खुमा राखिएको थियो । बल्खुमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल र उपप्रधानमन्त्री बामदेव गौतम, कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एकीकृत माओवादीका नेता बाबुराम भट्टराई, गिरीराजमणि पोखरेल, नेकपा