काठमाडौं, आश्विन ७ । बहुप्रतिक्षित ५ हजार ६ सय मेगावाट क्षमताको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विधान तयार भएको छ । नेपाल र भारतको संयुक्त आयोजनामा बन्न लागेको पञ्चेश्वर विकास प्राधिकरणको विधानमा दुबै देशले हस्ताक्षर गरेका हुन् ।
काठमाडौंमा सम्पन्न सचिवस्तरीय वार्तामा आयोजनाको विधान तयार पारी दुबै पक्षबीच हस्ताक्षर भएको हो । विधान निर्माणसँगै १७ वर्ष पुरानो दुई देशबीचको सम्झौता कार्यान्वयनका लागि बाटो खुलेको दुबै देशका उर्जा सचिवहरुले बताएका छन् ।
मंगलबार भएको पत्रकार भेटमा उर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले यो विधान हस्ताक्षर भएकै दिनदेखि लागू भएको बताए ।
प्राधिकरणको विधान बनेसँगै महाकाली सन्धिलगायत भारतसँग भएको जलस्रोतसम्बन्धी सन्धि