प्रेमनारायण आचार्य
अर्घाखाँची ७ असोज । ग्लोबल आइएमइ बैंक ले अर्घाखाँचीको बल्कोट गाविसमा शाखा रहित बैंकिंग सेवा आज देखि सुरु गरेको छ ।
रोजगारीको लागि बिदेसिएका युबाहरुले पठाएको पैसा देखि आफुले चाहेको रकम बचत गर्न र चाहेको रकम झिक्नकालागि अब बल्कोट आसपासका बासिन्दालाई सन्धिखर्क, तम्घास , तानसेन र बुटबल जान नपर्ने भएको छ ।
गाँउबाट पैसा निकाल्न तथा पैसा राख्नकालागि सदरमुकाम तथा शहरमा जानु पर्ने बाध्यताबाट अब बल्कोट, केरुंगा ,चिदीका र छत्रगञ्जका बासिन्ददाले छुटकरा पाउने भएका छन ।
शाखारहित बैंकिंग सेबाको लागि बल्कोटका बिष्णुप्रसाद भुसाललाइ ब्यबसायीक प्रतिनिधि तोकेर ग्लोबल आइएमइ बैंकले आफ्नो बैकिंग सेबा सुरु गरे पछि स्थानीय बासिन्दाहरु अत्यन्तै हर्षित भएका छन ।
ग्लोबल आइएमइ बैंकका बरिष्ठ प्रबन्धक सुनिलराज रेग्मी र बल्कोट स्रोत केन्द्रका स्रोत ब्यक्ति दिनानाथ पराजुलीले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि शाखारहित बैंकिंग सेबाको सुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा ग्लोबल आइएमइ बैकका सेबा सुबिधा र शाखारहित बैंकिंग सेबाको बारेमा बैंकका बरिष्ठ प्रबन्धक सुनिलराज रेग्मी, बजार ब्यबस्थापन प्रमुख स्वेच्छा राणा र अर्घाखाँची शाखा प्रमुख शुसिल पराजुलीले जानकारी गराउनु भएको थियो ।
सानो बैकिंग कामको लागि पनि सदरमुकाम तथा अन्य शहरमा जानु पर्ने बाध्यता रहेका बल्कोट आसपासका सर्बसाधारणलाइ घरमै बसेर बैकिंग सेवा दिलाउने उदेश्यले शाखारहित बैंकिंगको सुरुवात गरेको ब्यबसायीक प्रतिनिधि बिष्णु प्रसाद भुसालले बताउनु भयो ।
कार्यक्रममा महेन्द्र बिद्याबोध उच्च माबिका प्राचार्य कृष्ण प्रसाद पौडेल, नेपालि काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्य,एमालेका जिल्ला सचिबालय सदस्य धु्रब प्रसाद पाण्डे, एमाओबादीका जिल्ला सदस्य प्रकाश ज्ञवाली, तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल लगायतको उपस्थिति रहेको थियो ।