दसैं मनाउन दैनिक १ लाख काठमाडौंबाट बाहिरिदै

काठमाडौं उपत्यकाबाट दुई सातायता ९ लाख सर्वसाधारण बाहिरिएका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ, बाहिरिनेमध्ये अधिकांश दसै मनाउन गृहजिल्ला गएका हुन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २५ भर्दौयता उपत्यकाबाट बाहिरिने संख्या बढेको छ ।
 
सार्वजनिक यातायतका साधन मार्फत मात्र नौ लाख बाहिरीसकेको डिआइजी केशव अधिकारीले जानकारी दिए । दसैं नजिकिर्दै गर्दा बाहिरिनेको संख्या पछिल्ला दिन दैनिक १ लाख नाध्न थालेको महाशाखाको दाबी छ । दसैंमा घर जाने टिकट २५ भदौदेखि खुलेको थियो । दसैं मनाउन २५ लाखले उपत्यकाका छाड्ने अनुमान गरिएको छ ।