दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु

कुमार चालिसे



नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दुहरूले महान चाड भनेकै बडा दशैं हो । यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टिका र आर्शिवाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा रहँदै आएको छ । आफूसँग पर्याप्त पैसा नभए पनि ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ । सोही कारण भन्ने गरिन्छ, दशैं आयो ढोल बजाई, दशैं गयो ऋण बोकाई ।  विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन हुन्छ, तर सानो-सानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ । 



मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको लागि एकदमै अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर मासुबाट प्राप्त हुने् तत्वहरू त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन, यदि सही र सन्तुलित ढंगले प्रयोग नगरेको खण्डमा । यदि तपाईं-हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने, सर्ने खतरा रहन्छ । अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसारा खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसहरूको संवेदनशील अंग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछदछ । सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरिरमा भएका विभिन्न बलिया हड्डीहरू कमजोर हुने खतरा रहन्छ, आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग)को सम्भावना अत्याधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला