सिरियामा चरमपन्थी आतंकवादी समूह इस्लामिक स्टेट विरुद्ध अमेरिकी हवाई हमला

आश्विन ९ । सिरियामा चरमपन्थी आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)विरुद्ध अमेरिकी हवाई हमला जारी छ । सिरिया र टर्कीको सीमामा रहेको कोबेन सहर कब्जा गरी बसेका आइएस समूहलाई लक्षित गरी गरिएको हवाई हमलाबाट आइएसको दुईओटा सवारी-साधनमा क्षति पुगेको छ ।
पछिल्लो समय अमेरिकी र फ्रान्सको सैनिक विमानले सिरिया र इराकमा एकैसाथ हवाई हमला थालेको हो । आइएसले भने अमेरिकी सैन्य अभियानले आफूहरुलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
यस्तै,  आफनो कब्जामा रहेका अमेरिकी तथा बेलायती नागरिकको हत्या गर्ने चेतावनी सो समूहले दिएको छ ।
यसैबीच, सिरिया र इराकमा हवाई हमलाका कारण त्रसित बनेका सर्वसाधारण छिमेकीमुलुक पलायन हुनेक्रम जारी छ । (एजेन्सी)