आश्विन १० । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ । उक्त प्रशोधन केन्द्रबाट आइएसले दैनिक २ करोड अमेरिकी डलर आम्दानी गर्ने गरेको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकी, साउदी र यू्एईका लडाकु विमानहरुले गरेको आक्रमणमा १४ जना आइएस लडाकु र पाँच सर्वसाधरण मारिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएसको सञ्जाललाई निमिट्यान्न पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइएसले भने अमेरिकी सैन्य अभियानले आफूहरुलाई केही फरक नपर्ने जनाएको छ ।
आइएसले इराक र सिरियाका धेरै भू