ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले छ महिनामा नियम मिच्ने आठ हजार ३२२ सवारी साधनमाथि कारबाही गरेको छ ।
गत वैशाख महिनादेखि भदौ मसान्तसम्म ट्राफिक नियम मिच्ने सवारी साधनमाथि कारबाही गरिएको हो । सो क्रममा चार हजार ९८ मोटरसाइकल, ९६९ जिप, ६७० बस, ९२२ ट्रक, एक हजार ४८६ ट्रयाक्टर र १६० टाँगा कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सवारीसाधनबाट ट्राफिक प्रहरी कार्यालयले रु २१ लाख ६८ हजार ६५० राजस्वसमेत सङ्कलन गरेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जगदिशप्रसाद भट्टले बताए । रासस