नयाँ संविधानमा संवैधानिक निकायको संख्या बढाएर सात वटा बनाउने सहमति

काठमाडौं, आश्विन ११ । नयाँ संविधानमा संवैधानिक निकायको संख्या बढाएर सात वटा बनाउने सहमति भएको छ । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आज बसेको बैठकमा दलित आयोग र महिला आयोगलाई पनि संवैधानिक आयोगको हैसियत दिने सहमति भएको हो ।
वित्तिय र प्राकृतिक श्रोतलाई मिलाएर एउटै आयोग बनाउने वा अलग अलग आयोग बनाउने भन्नेमा भने सहमति भइनसकेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
अहिले निर्वाचन आयोग, राष्ट्रिय मानबअधिकार आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान अयोग र महालेखा परिक्षकको कार्यालय गरी पाँच वटा संवैधानिक निकाय रहेका छन ।
सबै संवैधानिक निकायहरुलाई अनुगमन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्य सम्मिलित संयुक्त समिति बनाउने सहमति पनि भएको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए । समितिको बैठक भोलि पनि बस्नेछ । IMAGEKHABAR