विश्वका १ सय ७८ मुलुकमध्ये सबैभन्दा बढी वायु प्रदूषण भएको मुलकको दोस्रो स्थानमा नेपाल परेको छ । आजको राजधानी दैनिकमा समाचार छ । इन्भारोमेन्ट पर्फमेन्स इन्डेक्स आईपीआईले सन् २०१३ सम्मको वायुको प्रदूषणको मूल्यांकन गरी १ सय ७८ राष्ट्रको वातावरणीय अवस्था सार्वजनिक गर्दै नेपाल निकै माथिल्लो वायु प्रदूषणको सूचीमा परेको जनाएको हो ।
पछिल्लो समयमा सडक विस्तारको कारण उपत्यकासहित मुलुकका मुख्य सहरहरुमा सडक विस्तारले प्रायः सडक धुलाम्मे भइरहेका छन् । अध्ययनअनुसार सबैभन्दा बढी वायु प्रदूषण भएको मुलुकमा बंगलादेश पहिलो स्थानमा रहेको छ ।
बंगलादेशको वायू प्रदूषण १३ दशमलव ८३ अंकसहित १७८ औ स्थानमा रहेको छ । बंगलादेशमा विकासको गतिविधि बढ्दै गएपछि कलकारखाना तथा सामान्य प्रदूषणको हिसावले त्यहाँ वायु प्रदूषण गर्ने पहिलो राष्ट्रमा परेको हो ।