जेठ यता आएको बाढीपहिरोबाट २ सय ६५ जनाको मृत्यु

काठमाडौं, आश्विन १२ । गृहमन्त्री बामदेव गौतमले जेठ यता आएको बाढीपहिरोबाट २ सय ६५ जनाको मृत्यु भएको बताएका छन् ।
 आज संसदको अर्थ समितिमा बाढीपहिरो प्रभावित तथा तीनका पुर्नस्थापनाका लागि उठेको रकम बारे जानकारी गराउंदै गृहमन्त्री गौतमले ४८ जिल्लामा गएको बाढी परिहोले २ सय ६५ को मृत्यु २ सय ५६ बेपत्ता, १ सय ६७ घाइते, ९ हजार ७ सय ६८ घर पुर्ण रुपमा क्षती भएको विवरण पेश गरेका छन् ।
त्यस्तै बाढी पहिरो प्रभावित २ लाख ६ हजार ७ सय १ जना प्रभावित भएको बताए । प्रधानमन्त्री दैवि प्रकोप कोषमा हाल सम्म ३६ करोड ८५ लाख जम्मा भएको र स्थानिय तहमा ३ करोड ६७ लाख जम्मा भएको पनि बताए ।
त्यस मध्ये सिन्धुपाल्चोकमा १ करोड ९३ लाख, बांकेमा ४४ लाख, बर्दियामा ४२ लाख, सुर्खेतमा ३६ लाख दाङमा ५० लाख खर्च भएको विवरण पनि प्रस्तुत गरे । बाढी पहिरो प्रभावित जिल्लाका लागि सरकारलेृ २६ करोड निकास गर्न लागेको जानकारी समेत दिए ।
जस मध्ये दशैं खर्च वापत प्रत्येक परिवारलाई तीन हजारका दरले र बाढी प्रभावितहरुलाई प्रति व्यक्ति पचास रुपयांका दरले दिने गरी निकासा हुने क्रममा रहेको बताए । IMAGEKHABAR