पहिलो प्रकासित मिती: (२०७१ आश्विन १०, शुक्रवार)
नाइजेरियाली सेनाले इस्लामिक लडाकु समूह बोको हरामका २ सय ६० भन्दा बढी लडाकुले आत्मसमर्पण गरेको जनाएको छ । त्यहाँको सेनाकाअनुसार बोर्नो राज्यमा १ सय ३५ लडाकु र पूर्वी क्षेत्रबाट १ सय ३३ जना लडाकुले आत्मसमर्पण गरेको र उनीहरुसँग सोधपुछ जारी रहेको छ ।
यसैबीच, नाइजेरियाली सेनाका प्रवक्ताले बोको हरामका नेता अबुबकर शेकाउ मारिएको पुष्टि भएको दाबी गरेका छन् । उनी गत वर्ष मारिएको बताइए पनि यसको पुष्टि हन सकेको थिएन ।
हालैका दिनहरुमा बोको हरामको गड मानिने मैदुगिरीमा जारी सैन्य कारबाहीका कारण समूहलाई निकै ठूलो क्षति पुगेको सरकारी दाबी छ । इस्लामिक राज्यको माग गर्दे बोको हरामले गरेको सशस्त्र संघर्षका कारण धेरैजना मारिइसकेका छन् । (एजेन्सी)