बाबु रोका मगर
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
ब्यानर लगाएर टंकमान
शसुरा जि बेचीरहेथे सामान
दशै तिहार को छुट
लुट्न सके लुट
ज्वाँई थियो नादान
श्रीमती देखी परेशान
पुग्यो आफ्नो शसुराको दुकान
भन्यो-तपाईंलाई भन्न चाहन्छु
तपाईंको यि पुरानी छोरी फिर्ता गरी
अर्की साली कान्छी लैजान चाहन्छु
यो छुट को दशै,तिहार
छ केही त्यस्तो एक्सचेन्ज अफर?
यो सुन्ना साथ शसुरा जि रिस ले चुर भए
अनी एक थप्पड घुमाएर हिर्काए
तर उ पटमुर्ख अर्को दिन
फेरी श्रीमती लिएर दुकान मा पुग्यो
अनी भन्यो-मैले त मजाक गरेको थिए
यो दशै तिहारको माहौलमा दुखी भएको थिए
शसुरा जि हजुरले वस यती उपकार गरिदिनुहोस्
कि मलाई यस्तै अर्को एक पिस दिनुहोस् |