हङकङमा सन् २०१७ मा हुने निर्वाचनमा चीन सरकारले अपनाउन लागेको नीतिविरुद्ध उत्रेका विद्यार्थीहरुले मुख्य कार्यकारी सी वाई लियुंगले राजीनामा नदिए आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन् । कक्षा बहिष्कार गरेर गत सातादेखि हङकङको मुख्य सहर सिटी सेन्टरमा जम्मा भएका विद्यार्थीहरुले चीनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् ।
/>
आन्दोलनकारीहरुले सरकारी कार्यालय नजिकको पार्कमा र्याली र सार्वजनिक बहसको श्रृंखलाबद्ध कार्यक्रम समेत गरेका छन् । चीनको राष्ट्रिय दिवसका अवसरमा हङकङमा चिनियाँ राष्ट्रिय गान बजाएको विरोधमा विद्यार्थीहरुले विभिन्न सरकारी कार्यालयमा ढुंगामुढा गर्दै सडक अवरुद्धसमेत पारेका छन् ।
गत सातादेखि सुरु भएको साताव्यापी आन्दोलनको पहिलो दिन १३ हजार विद्यार्थीले कक्षा बहिष्कार गरेका थिए । यसलाई अक्टोबर १ मा प्रजातन्त्र समर्थकहरुको समूहले गर्न लागेको