अफगानिस्तानमा सैनिक सवार एक बसमा गराइएको आत्मघाती विष्फोटमा सात सैनिक मारिएका छन् । अफगानिस्तानकै काबुलमा भएको अर्को आत्मघाती विस्फोटमा दुई सैनिक मारिएका छन् ।
अमेरिका र अफगानिस्तानबीच हालै गरिएको सैनिक सम्झौताको विरोधमा आक्रमण गरेको भन्दै तालिबानले घटनाको जिम्मेवारी लिएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।
/>अमेरिका र अफगानिस्तानबीच सन् २०१४ को अन्त्यसम्म अमेरिकी सेना अफगानिस्तानमा रहने छ । अफगानिस्तानमा असरफ घानी राष्ट्रपति पदमा निर्वाचित हुने बितिक्कै यी दुई राष्ट्रबीच सैनिक सम्झौता भएको हो ।
यसअघिका राष्ट्रपति हमिद कारजाईले सैनिक सम्झौता गर्न अस्वीकार गरेका थिए । (एजेन्सी)