दशैं लागेर सन्धिखर्क र चुत्राबेशी बजारमा सुनसान (तस्बिर सहित)

सन्धिखर्क, अर्घाखाँची । महान् पर्व बडा दशैं मान्न अधिकांश मानिस घर फर्किएपछि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेशी आसपासका बजारमा अरु बेलाको तुलनामा चहलपहल घटेको छ ।

 



 

पढाई, ब्यापार, काम जस्ता बिभिन्न कारणले सन्धिखर्क बसेका सर्वसाधारण आफ्नो गाउँ फर्किएपछि सन्धिखर्कमा चहल पहल घटेको हो ।

 



 

सन्धिखर्कका प्रमुख व्यापारिक केन्द्रका पसलहरु प्रायः बन्द रहेका छन् । बाहिरबाट आएर व्यापार गर्ने व्यापारीहरु आफ्नो घर जाने र सन्धिखर्क मै घर भएकाहरु पनि आफ्नो व्यापार व्यवसाय बन्द गरेर दसैं मनाउन ब्यस्त भएपछि सन्धिखर्क सुनसान भएको हो ।

 



 

ग्रामिण भेगमा आज दसैंका लागि घर आउनेहरुको चाप अत्याधिक रहेको छ । यसपालीको दसैंमा नवमी र दशमी एकै दिन परेका कारण नागरिकहरुलाई दसैंका लागि घर फर्कन बढी चटारो परेको छ ।

 









 

तस्बिर: अर्घाखाँची डट्कम्

अन्य समाचारहरु