विजयादशमी २०७१ को उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवले सर्वसाधारणलाई टिका लगाई दिए

काठमाडौ, आश्विन १७ – विजयादशमी २०७१ को उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवले सर्वसाधारणलाई टिका लगाई दिएका छन् । अपरान्ह १ बजेपछि शितल निवासमा उनले सर्वसाधारणलाई टिक लगाएका हुन् । त्यस वाहेक उनले उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्ती सहित सरकारका उच्च पदस्थ अधिकारीहरुलाई पनि टिका लगाई दिए ।
उनले आफै भने बिहान १०ः१५ मिनेटको शुभ साइतमा पण्डित शंकरप्रसाद सिग्देलबाट टीका, प्रसाद र जमरा  ग्रहण गरेका थिए । राष्ट्रपतिबाट टिका लगाउन मन्त्री, सभासद्, उद्योगी, व्यवसायी, पत्रकार, वकिल, प्रध्यापक सहित विभिन्न पेसा व्यवसायका व्यक्तिहरु र सर्वसाधारण शितल निवास पुगेका थिए । EKANTIP[UR