म्याग्दी-दसैं मनाउने क्रममा शुक्रबार राती एकै घरका दुई भाइबीच विवाद हुदाँ एकको मृत्यु भएको छ।
टीकापछि मादकपदार्थ सेवन गरेका दुई भाइबीच विवाद हुँदा भएको धारीलो हतियार प्रहारले १८ वर्षीया दाइ कुमार खोरजाको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सदरमुकामदेखी २ घण्टा पैदल यात्रामा पुगिने घटनास्थलमा अनुसन्धानको लागि रातिनै प्रहरी पुगेको र हत्याका आरोपित १६ वर्षीया भाइ शुरेस खोरजा फरार रहेको प्रहरी नायव उपरीक्षक जनार्दन जिसीले बताए।