एमाओवादी र मधेशवादी दल सम्मिलित मोर्चाद्धारा सशक्त आन्दोलनको चेतावनी

काठमाडौं, आश्विन २० । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले प्रक्रियामा गएर संविधान जारी गर्ने प्रयास भए सशक्त आन्दोलन गर्ने चेतावनी दोहोर्‍याएको छ । 
एकीकृत माओवादी र मधेशवादी दल सम्मिलित संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय गठबन्धनमा आवद्ध दल र संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आवद्ध दलहरुले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी बहुमतकै आधारमा प्रक्रियामा गएर संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिको प्रयास नै नगरी प्रक्रियामा जान खोजिएको आरोप लगाए । उनले संघीयता र शासकीय स्वरुपको सम्बन्धमा प्रक्रियामा जान खोजिए आन्दोलन गर्ने चेतावनी समेत दिए ।
यसअघि २२ दलको संयुक्त बैठक बसेको थियो । बैठकले आगामी आश्विन २४ गतेबाट सञ्चालन गर्ने गरी विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ । IMAGEKHABAR