एमालेद्धारा नेपाली झन्डा अंकित लोगो लगाउन सभासदहरुलाई ह्वीप

काठमाडौं, आश्विन २३ । एमाले अध्यक्ष केपी ओलीले सहमतिमा निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने भएकाले संविधानको विषयमा पार्टीको अडानमा केही लचिलो बन्नुपर्ने अवस्था आएको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा विहीबार डाकिएको संसदीय दलको बैठकमा नेता ओलीले कुनै पनि दलको बहुमत नभएका कारण दुई तिहाइबाट माघ ८ गते संविधान जारी गर्न र सबैको सहमति खोज्न पार्टी अडानमा लेनदेन गर्नुपर्ने स्थिति आउनसक्ने बताए ।
उनले सहमति नभएमा कांग्रेस