यमनको राजधानी सानामा गराइएको आत्मघाती विष्फोटमा परी कम्तिमा ४० जना मारिए

यमनको राजधानी सानामा प्रदर्शनकारीहरुमाझ गराइएको आत्मघाती विष्फोटमा परी कम्तिमा ४० जना मारिएका छन् ।
त्यहाँका राष्ट्रपति अब्द्राब्बुह मन्सुर हादीले अहमद अजाद विन मुवारकलाई प्रधानमन्त्रीमा गरेको मनोनयविरुद्ध जिहादी शिया हुथिस विद्रोहीहरुले ताहरिर स्वायरमा प्रदर्शन गरेका थिए ।
गत महिना मात्र हुथिस लडाकुहरुले साना आफ्नो नियन्त्रणमा लिएपछि राष्ट्रपति हादी र उनीहरुबीच मुलुकमा जारी राजनीतिक संकट समाधन गर्न सम्झौता भएको थियो । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)