शोभाखर पन्थी
अर्घाखाँची आश्विन २६ । अर्घाखाँची जिल्लामा सञ्चालित प्रतिभाको खोजीअभियान कार्यक्रममा ३ जना कलाकारहरु अवार्ड पाउन सफल भएका छन् । आकार नृत्य तथा म्यूजिक सेन्टर अर्घाखाँचीले आयोजना गरेको प्रतिभाको खोजी कार्यक्रममा गायन तर्फ सागर परियार, नृत्यमा सन्तोष तामाङ्ग र अभिनयमा डोरेन मगरले यस वर्षको उत्कृष्ट कलाकारको रुपमा १०-१० हजार नगद सहित ट्रफी र प्रमाण पत्रले सम्मानित भएका हुन् ।
जिल्लाका विकट ग्रामिण क्षेत्रमा रहेका प्रतिभाको खोजी गरी जिल्ला र केन्द्रसम्म पहुँच पु-याउने अभिप्रायले गाउँ गाउँमा पुगेर कलाकारको खोजी गरेको म्यूजिक सेन्टरले करिव ६सय प्रतियोगीहरु मध्ये विभिन्न चरणबाट छनोट गरी अलग अलग विधाका उत्कृष्ट ३ जनालाई सम्मानित गरेकोछ ।
सदरमुकाम सन्धिखर्कको शान्ति बगैचामा विशाल जनसमुदायका विच सांस्कृतिक कार्यक्रम सहित नयाँ प्रतिभा छनोट भएको हो । नयाँ प्रतिभाको छनोटको निम्ती आयोजित कार्यक्रममा अर्घाखाँचीमा जन्मीएर बाहिर गई ख्याति कमाएका चर्चित कलाकारहरुले आफ्नो गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्झना लामिछाने मगरले घरमा पराल बारीमा बन्सो र फुल फुलेर पहेँलै भयो लगायतका गित गाएर सयौं दर्शकलाई एकै पटक छमछमी नचाएकी थिइन । कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट समेत ठुलो संख्यामा स्थानीय बासिन्दाहरु सदरमुकाम सन्धिखर्कमा आएका थिए । सदरमुकाममा विगत ५ वर्ष देखि म्यूजिक सेन्टर सञ्चालन गर्दै आएको आकार नृत्य तथा म्यूजिक सेन्टरले जिल्लामा प्रतिभाको खोजी र नयाँ कलाकार उत्पादनको निम्ती उल्लेख्य भूमिका खेल्दै आएको कार्यक्रमका सहभागीहरुको भनाई छ । आकार नृत्य तथा म्यूजिक सेन्टरले जिल्लाका प्रतिभाहरुलाई केन्द्रसम्म पु