काठमाडौं, । सरकारले बाराको हरिहरपुरमा भएको घट्नाको छानवीन गर्ने भएको छ । व्यवस्थापिका संसदको बैठकमा हरिहरपुर घट्नाबारे जानकारी गराउने क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले घट्नाको सत्य तथ्य छानवीन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
सडक निर्माणको माग राखी प्रदर्षन गर्ने क्रममा स्थानीयबासीले सशस्त्र प्रहरीको गाडीमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्दा स्थानीय जयानारायण यादबको मृत्यु भएको थियो ।
उपप्रधानमन्त्री गौतमले छानवीन समितिले दिएको प्रतिबेदन संसदमा पेश गर्ने र प्रतिबेदनका आधारमा मृतकका परिवारलाई राहत र क्षतीपुर्ती दिलाउने समेत प्रतिबद्धता जनाए ।
बाटो निर्माण गर्ने क्रममा गोलागन्ज नहरचोकमा दुइओटा टिपर लगिएकोमा १०,१५ वटा टिपरको माग राखि स्थानीयबासीले प्रदर्षन गरपछि ५ जनालाई नियन्त्रणमा लिइएको र यसलाई लिएर १ हजार भन्दा बढी स्थानीयले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा तोडफोड गरेको उपप्रधानमन्त्री गौतमले जानकारी गराए ।
सिमासुरक्षा कार्यालय बरियापुरबाट आएको सशस्त्र प्रहरीको टोलीलाई प्रदर्षन गरिरहेका स्थानीयबासीले ढुङ्गामुढा गरेपछि प्रहरीले ३२ सेल अश्रुग्यास,दुई ग्यास ग्रिनेट र १५ राउण्ड पायर गरेको गौतमले जानकारी दिए ।
अन्तिम अबस्था सम्म पनि गाली नचलाउन निर्देषन दिइएको भएपनि प्रहरीले बाध्य भएर गोली चलाएको भन्दै उपप्रधानमन्त्री गौतमले घट्नालाई धेरै नचर्काउन आग्रह गरे ।
यसअघि सांसदहरुले बारामा भएको घट्नाको बिरोध गरेका थिए । उनीहरुले बिकास माग्ने जनतामाथी गोली प्रहार गर्नु सरकारको तानशाही प्रबृत्ती भएको बताएका थिए ।IMAGEKHABAR