पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसबाट संक्रमित विरामी अमेरिकामा पनि भेटिएका छन् । लाइबेरियाबाट गएका इबोला संक्रमति थोमस डंकनको उपचारमा सहभागी स्वास्थ्यकर्मीमा पनि इबोला पोजिटिभ देखिएको बीबीसीले जनाएको छ ।
टेक्सस्का ती स्वास्थ्यकर्मीको परिचय भने खुलाइएको छैन । डंकन डालास आएको दश दिनपछि इबोला जांच गराउदा पोजिटिभ पाइएको थियो ।
उच्च ज्वरो आउन थालेपछि टेक्सस हेल्थ प्रेस्बाइटेरियन अस्पतालतमा उपचार गराउन पुगेका उनको गत बुधबार मृत्यु भएको थियो । गिनीबाट फैलिएको इबोलाका कारण हालसम्म ४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।AGENCIES