प्रेमनारायण आचार्य
अर्घाखाँची १ कात्तिक । किशोरीहरुको सशक्तिकरण, हिंसा चक्रको अन्त्य भन्ने मुल नाराका साथ तेश्रो अन्तर्राष्ट्रिय बालिका दिवस, ११ अक्टोबर २०१४ जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गरि सन्धिखर्कमा मनाईएको छ ।
महिला तथा बालबालिका कार्यालय, अर्घाखांचीको आयोजना तथा संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए) को आर्थिक सहयोगमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यक्रममा जिल्लाका विभिन्न गाविसमा गठन भएका किशारी विकास समुहका किशोरीहरु, महिला सहकारी, युवा सञ्जाल लगाएत जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायको प्रतिनिधिहरु बिचमा किशोरीहरुको सशक्तिकरण तथा हिंसा अन्त्य सम्बन्धि बिषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको सुरुमा संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए) का जिल्ला अधिकृत पुर्ण बहाुदर नेपालीले अन्तर्राष्ट्रिय बालिका दिवसको परिचय, नेपालमा किशोरीहरुले भोग्नु परेको समस्या तथा विभेदपुर्ण अवस्थाबारेको तत्थ्यांक, किशोरीहरुको सशक्तिकण तथा समग्र विकासको लागि राज्य तथा नागरीक समाजले खेल्नु पर्ने भुमिकाको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । यसपछि महिला विकास अधिकृत श्री विष्णु कुमारी लामिछानेले राष्ट्रिय योजना आयोग बात निर्मित किशोरकिशोरीहरुको समग्र विकासको लागि राष्ट्रिय कार्ययोजना २०७०