मनाङ र मुस्ताङमा हिमपातका कारण बिचल्लीमा परेका पर्यटकको उद्धार कार्य सोमबारबाट स्थगीत भएको छ। हिमपातमा फसेका सबैको उद्धार भै सकेको बताउँदै सरकारले उद्धारको कामलाई रोकेको हो। आपतकालीन कसैले उद्धारका लागि आग्रह गरेमा तैनाथी रहने गरि अहिलेलाई उद्धारका काम रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए।
असोज २७ र २८ गते भएको हिमपातमा परेर मनाङ, मुस्ताङ र म्याग्दीमा गरि मृत्यु हुनेको संख्या ४० जना पुगेको छ। मनाङमा ११ मुस्ताङ २४ र म्याग्दीको धौलागीरि वेसक्याम्पवाट ५ जना गरी ४० जनाको मृत्यु भएको हो। सोमबार थप एक जनाको शव भेटिएको छ। मुस्ताङको डम्प क्याम्पदेखि केहि माथि थोरङ पास तल इजराइली पर्यटको सव भेटिएको हो।
हिमपातमा परि मृत्युहुनेमा १२ जना विदेशी र २८ जना नेपाली रहेका छन्। उद्वार टोलीले सोमवार सम्ममा ३५० भन्दा बढिको उद्धार गरेको छ। विश्वको साहासिक पदमार्गमा यात्रा लागि आएका विभिन्न देशका ६० भन्दा बढि पर्यटक सम्पर्कबिहिन बनेको पर्यटन व्यवसायी बताउँछन्। साहसिक गन्तब्यको रुपमा ख्याती कमाएको अन्नपूर्ण फेरोको थोराङपासमा जान भने केहि समयका लागि पर्यटकलाई रोक लगाईएको छ। अन्नपूर्ण फेरोको थोराङपास भन्दा तल र अन्य क्षेत्रमा जान भने रोक नलगाएको टानले जनाएको छ। SETOPATI