कतारमा अर्घाखाँचीबाँसीहरुले भव्यरुपमा देउसी भैलो खेलेर तिहार मनाए

भुवन के.सी  
कात्र्तिक ९, कतार-   अर्घाखाँचीबाट कतारमा रहेका अर्घाखाँचीबाँसीहरुले भव्यरुपमा देउसी भैलोखेलेर तिहार मनाएका छन् । कतारमा रहेको अर्घाखाँचीको बाँगी गाविसबाँसीहरुले२००७ सालमा स्थापना गरेको गाविस स्तरिय सामाजिक सस्था बाँगी सेवा समाजअर्घाखाँची, कतार तथा अर्घाखाची सेवा समाज, कतारको संयुक्त सहकार्यमा भव्यदेउसी भैली कार्यक्रमको आयोजना गरि गत बर्ष जस्तै यस वर्षको तिहारमाअर्घाखाँचीबासीहरुले पनि भव्यरुपमा देउसी भैलो खेलेर तिहार मनाएका हुन् ।
कतारको औधोगिक नगरी सनैयोको एक कम्पनी परिसरमा आयोजित औपचारिक पहिलो देउसीभैलो कार्यक्रमलाई सो कार्यक्रमका अध्यक्ष रेम बहादुर बस्नेतले व्यानर तथादिप प्रज्वलन गरेर उदघाटन गर्नुभएको थियो । दशै तिहार नेपालीहरुका सम्पत्तिहुन, यी चाडवाड रितिरिवाजलाई जोगानु र निरन्तरता दिनु हामी सवैको कर्तव्य रदायित्व हो भन्दै नेपाली रितिरिवाज र चाडवाड मनाउने सैलीमा परिवर्तनआएकोमा सहभागिहरुले चिन्ता व्यक्त  गरेका छन् सो देउसी भैलो कार्यक्रमलाईइन्द्र खड्काले संयोजन गर्नुभएको थियो ।
सो कार्यक्रममा अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे प्रम्ुखअतिथिको आसन ग्रहण पश्चात बोल्दै कतारमा जिल्लाबाँसीहरु एकै ठाँउमा यसरीभेला भएर चाडवाड मनाउन पाएकोमा खुशि व्यक्त गर्दै आगामी वर्षहरुमा पनिजिल्लाबाँसीहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउदै उपस्थित सवैलाईशुभकामनाका साथ भैलो समेत भटट्याउनु भएको थिया,े बाँगी सेवा समाजका पूर्वउपाध्यक्ष तथा बर्तमान सल्लाहकार बोम बहादुर बस्नेत, देवराज थापा,समाजकैराजेन्द्र भुसालविष्णु प्रसादभुसाल,  अर्जुन केसी, मनीराम बस्नेत, विष्णु खड्का, तिलक भुसालले उक्तदेउसी भैलोमा विषेश भुमिका निभाउनुभएको थियो ।
विषेश अतिथिको रुपमा असेसका प्रथम उपाध्यक्ष भुवन केसीलेअर्घाखाँचीबाँसीहरुले कतारमा तथा जिल्लामा गरेका र गर्न सकिने सामाजिकयोगदानहरु र कलासस्कृतिको संरक्षण र निरन्तरताको बारेमा बोल्नुभएको थियो ।असेसका महासचिव केदारनाथ भुसाल, सचिव केशव भुसाल, आमन्त्रित अतिथि श्रीमतीमिरा भुसाल, जर्नादन न्यौपाने, विष्णु कुवर,  सचिवालय सदस्य घनश्याम पाण्डेलगायतको उपस्थिति थियो । पुखाँ देखि चलिआएका रितिरिवाज, परम्परा र धर्मसस्कृतिलाई जर्गेना गर्ने तिनिहरुको निरन्तरताका लागी यस्ता क्रियाकलापहरुविगतका बर्षहरुबाट गरिदै आएको संरक्षक रेम बहादुर बस्नेतले बताउनुभयो । सोकार्यक्रममा अर्घाखाँची सेवा समाज कतारले आगामी नोभेम्वर २८ मा दोहाकोशालिमार प्यालेसमा कतारका चर्चित कलाकारहरुको साथमा आयोजना गर्न लागेकोविविध सास्कृतिक तथा मिलन समारोहको बारेमा पनि जानकारी गराउनुका साथै उक्तकार्यक्रममा जुटनको लागी पनि अनुरोध गरिएको थियो ।
मादल, मजुरा, बाँसुरी लगायतका बाद्यबादन र नृत्यको पोशाक तथा मालामा सजिएकाभैलेहरुको नाचलाई देख्दा नेपालमै भएको अनुभुति भएको सहभागि विष्णु कुवरलेबताउनुभयो । उक्त समुहले कतारका केहि ठाँउमा आफनो नाच प्रस्तुत गरेपछिएनआरएनए कतारले नेपाली दुतावासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा पनिअर्घाखाँची सेवा समाज, कतारको तर्फबाट भव्य देउसी भैलो प्रस्तुत गरेका थिए ।

अन्य समाचारहरु