राजु खडका
हिजो २६ अक्टोबर का दिन मलेसिया को क्वालालामपुर् मा रोजगार, ब्यबसाय, अध्ययन तथा बिभिन्न कारणबस मलेसिया पुगेका अर्घाखाँची बाशी हरु एक हुँदै अर्घाखाँची सम्पर्क मञ्च मलेसिया को गठन भयो।
जहाँ भये पनि सुख दु:ख मा हामी सधैं एक साथ भन्ने भावना का साथ मलेसियाको कुना कुना मा रहेका अर्घाखाँची बाशी युवाहरु सामुहिक सोच को प्रतिफल नै अर्घाखाँची सम्पर्क मञ्च मलेसिया हो।
पछील्लो समयमा बिदेशमा देखा परेका समस्याहरु लाई सामुहिक रुपमा समाधान र निराकरण को लागि हामी एक जुट भयौ भने अबश्य सफल हुन्छौ भन्ने सोचका साथ पछील्लो केही समय यता गरिएको प्रयास बाट नै हामी समिती गठन गर्नु सफल भयौ भन्दै आफुलाई गहन जिम्मेवारी दिएको र आफुले सक्दो कोशीस गर्ने बिचार राख्दै अध्यक्ष मदन घर्तिले सबैलाई धन्यवाद दिनु भयो।
हिजोका दिनमा देखा परेका समस्याहरु अब हामी सामुहिक रुपमा मिली हरेक सुख दु:ख मा काध राख्ने छौ भन्ने उपस्थित अर्घाखाँची बाशी सामुहिक आवाज थियो।
उक्त समिती मा चयन् हुने पदाधिकारी हरुको नामावली क्रमश अध्यक्ष मदन घर्ति, उपाध्यक्षमा चुरामणी खनाल र कृष्ण प्रसाद रिजाल, सचिव बिष्णु भुसाल, सह-सचिव मादव पौडेल र लाल बहादुर रेस्मी ,कोषाध्यक्ष अविरल खनाल बोम, सह-कोषाध्यक्ष:- युवराज पौडेल र सदस्यहरू क्रमस गणेश परियार, रामजी कुँवर, विष्णु प्रसाद पौडेल, मदन रोका, राम ब. खड्का, निरंजन ज्ञवाली र सल्लाहकारमा बिष्णु भुसाल रहनु भएको छ।