शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची कार्तिक ११ । नयाँ नेतृत्वचयन गर्दै अर्घाखाँची युथसेवा सन्धिखर्कको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अमृत श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा कामना रायमाझी, महासचिव विशाल पन्थी, सचिव आकाश भुसाल र कोषाध्यक्षमा सुवाश क्षेत्री चयन हुनुभएको छ ।
यसै गरी सदस्यमा नविन पन्थी, विश्व बन्धु खनाल, दोविन भुसाल,, सुजता गहतराज, स्वदेश श्रेष्ठ र अरुण श्रेष्ठ रहनु भएको छ ।
४ वर्ष यता जिल्लामा युवा सशक्ति करणको पक्षमा काम गर्दै आएको युथसेवाले आगामी दिनमा सामाजिक विकृती र विसंगतिका विरुद्ध आवाज उठाउनुका साथै युवा सशक्तिकरणको लागि चेतना मुलक कार्यक्रम संचालन गर्ने योजनाका साथ अगाडि बढ्ने कार्यक्रम तय गरेको नव निर्वाचित अध्यक्ष अमृत श्रेष्ठले बताउनु भयो ।