उपचार खर्चको अभाबमा ७ महिना देखि खुरी खेल्दै अर्घाका हिराबहादुर गन्धर्ब, जीबन बचाई दिन सबै संग आग्रह र अपिल

प्रेमनारायण आचार्य



अर्घा, अर्घाखाँची ११ कात्तिक । दैनिक रुपमा सारंगी बजाएर आफ्नो रोजीरोटीको चाँजोपाजो मिलाउदै आएका अर्घाका हिराबहादुर गन्धर्ब बिगत सात महिना देखि घरको बिस्तारमा खुरी खेलिरहेका छन । उनी अहिले मर्नु न बाच्नु भएर छट्पटाइ रहेका छन । 

 



बिगत ७ महिना देखि कम्मर देखि मुनीको भाग नचल्ने भए पछि बिस्तारामा खुरी खेलि रहेका अर्घा धरम्पानीका ४८ बर्षिय हिराबहादुर गन्धर्ब । प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम्

 

साबिकको अर्घा गाविस वाड न . ७ हालको सन्धिखर्क नगरपालिका वाड न . १३ धरम्पानी भक्तेडाडा निवासी ४८ बर्षिय हिराबहादुर गन्धर्ब प्यारलाइसिसले थला परेका छन । उनको कम्मर देखि मुनीको भाग नचलेपछि गएको बैसाख महिना देखि उनी मुढो जस्तै भएर बिस्तारामा खुरी खेलि रहेका छन । 



जो होचो उसकै मुखमा घोचो भने जस्तै गरिबीको कारण दुई छाक खानका लागि पनि सारंगी बजाउदै घर चाहर्नु पर्ने हिराबहादुर गन्धर्बले उपचार गर्ने कुरात परै जाओस बिहान बेलुका के खाने भन्ने चिन्ता परेको बताउन्छन । काम गर्न पनि जान सक्दिन सारंगी बजाउन बिस्टको घर पनि जान सग्दैन कसरि बिहान बेलुका हातमुख जोड्ने समस्या पर्यो । मत खान नपाएरै मर्छुकि जस्तो लागेको छ  गहभरि आसु झार्दै उनले भने । 

 



 

दुइ छाक खानको लागि र उपचारको लागि सहयोग गरेर आफ्नो जीबन बचाई  दिन  उनले सबै संग आग्रह र अपिल गरेका छन । उनले कुनै संघ सस्थावाट पनि खान र उपचारको लागि केहि सहयोग नपाएको बताए । कसैले सहयोग गरेर म दुखी माथी दया गरे मैले दुई छाक पेट भरि खान पाउन्थेकि उनी भन्छन । 



उनको स्याहार सुसार गर्नु पर्ने भए पछि उनकि  श्रिमती पनि काम गर्न जान सग्दैनन । आफ्नो श्रिमानलाइ बाहिर भित्र गराउने उठाउने, सुताउने, र दिसापिसाब सोहर्नु पर्ने काममा ब्यस्त छिन । जसका कारण कहि गएर कसैको काम गरेर खर्च जुटाउन पनि सकेकि छैनन । उनी भन्छिन कसैले सहयोग गरेमा उपचार हुने थियो  हामि गरिबले कसरि उपचार गर्नु उपचार त परै जाओस खान पनि नपाइने भो । 

 


 

अरुको घरमा गएर गित गाए वापत अरुले दिने अन्न,घयु तरकारी र पैसाले जिवन निर्वाह गदै आएका हिराबहादुरले अहिले यस्तो समस्या ब्यहोररिरहेका छन ।  त्यसैले सबैले थोरै थारै भएपनि सहयोग गरेर बिस्तारामा खुरिखेलिरहेका गन्धर्बको दुइछाक जुटाउने र उपचारको लागि पनि सहयोग गर्नु पर्छकि । 

अन्य समाचारहरु