काठमाडौं, कार्तिक ११ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी स्थलमार्गबाट नेपाल आउने चर्चा आएलगत्तै भिट्टामोड-जनकपुर सडकखण्डको स्तरोन्नति हुने भएको छ ।
व्यवस्थापिका-संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्डको तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
सम्बद्ध पक्षकाअनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नु हुनेछ । नेपाल