काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले अब नयाँ जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्ने दाबी गरेका छन् ।
पार्टी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुधबार ललितपुरमा नेपाल सम्वतको अवसरमा गरेको चियापान कार्यक्रममा वैद्यले संविधानसभा र संविधानका विषयमा जारी आन्दोलन छाडेर नयाँ जनवादी राज्यसत्तातर्फ आन्दोलन मोडिने जिकिर गरे ।
वैद्यले राजनीतिक दलका नेताहरुले सहमतिको नाममा नौटंकी मात्रै गरिरहेको आरोप पनि लगाए ।
imagkhabar