काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले) संघीयतासहित संविधानका अन्तर्वस्तुमा सहमतिनजिक पुगेका छन्। दुई दलबीच साझा धारणा बनाउन बुधबार भएको छलफलमा साझा पहिचानसहितको सात प्रदेशमा राज्यको संघीय पुनःसंरचना गर्नेबारे समझदारी भएको छ।
बिहीबार बिहान पुनः बस्ने दुई दलीय बैठकले संघीयता, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीसहितका विषयलाई अन्तिम रूप दिने नेताहरूले जनाएका छन्।
एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेस र एमालेबीच बिहीबार बिहानसम्म संविधानका अन्तर्वस्तुमा साझा धारणा बन्ने दाबी गर्दै भने,