कृष्ण प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । घाईते अवस्थामा भेटीएको वयस्क लोपोन्मुख सेतो गिद्धको अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा उद्धार गरीएको छ ।
चुत्रावेशी स्थित बाँगी खोलामा भेटीएको उक्त संकटापन्न गिद्धको सामन्य उपचार पछी पुन प्राकृतिक वातवरणमा छोडीएको उद्धारमा संगलग्न अर्घाखाँची आवशीय उच्च मा बिका विद्यार्थी नारायण भुसालले जनाए ।
गिद्ध आफै शिकार नगरी मरेका जनावरको सिनो मात्र खाँने मांसाहारी चरा हुन जसले प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राखी विभीन्न महामारी सरुवा रोगहरु हैजा रेबिज प्लेग एन्थ्राक्स फैलन बाट रोक्दछन । सिनो खाई वातावरण सफा राख्ने गिद्धलाई प्रकृतीको कुचिकार पनि भनिन्छ । दक्षिण एशियामा पाइने ९ मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाइन्छन ति मध्ये अतिसंकटापन्न डंगर गिद्ध र सुन गिद्ध सहित ७ प्रजातीका गिद्धहरु अर्घाखाँचीमा पाईने नेपाल पंछी संरक्षण संघका जीव विज्ञ कृष्ण भुसालले बताए । उक्त सेतो गिद्धले अर्घाखाँचीका अर्घा, हंसपुर, खनदह, धारापानी, डिभर्ना, अर्घातोष, खाँचीकोटका पहराहरुमा गुँड बनाउने विगत पाँच वर्ष देखी यहाका गिद्धको बारेमा अनुसन्धानरत भुसालले बताए ।
विगत नब्बेको दशक यताका दिनहरुमा नेपाल लगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेको विभिन्न अध्ययन प्रतिवेदन हरुले देखाएका छन । यसरी दिन दुईगुना रात चौगुनाका दरले गिद्धको संख्यामा कमी आउनुको कारण पशु उँपचारमा प्रयोग गरीने औषधी डाइक्लोफेनेक भएको पत्ता लागेको छ जुन अहिले प्रतिवन्धीत छ ।