सरकारले चुरे संरक्षण योजना लागु गरेर खोला नदीहरूबाट ढुङ्गाजन्य वस्तु निकाल्न नदिएपछि यातायात तथा ढुवानी व्यवसायीहरूले राप्ती अञ्चलभर चक्काजाम गरेका छन्।
आइतवार बिहानैदेखिको चक्काजामले राप्ती अञ्चलभरका यातायात ठप्प भएको छ। दाङ जिल्ला ट्याक्टर व्यवसायी संघका अध्यक्ष चिन्तामणि आचार्यले विज्ञप्ती निकालेर ढुङ्गाजन्य वस्तु निकाल्न नदिएको विरोधमा चक्काजाम गरिएको जनाएका छन्।
यो चक्का जामलाई सामुदायिक बनउपभोक्ता महासंघ, टिप्पर व्यवसायाी तथा अन्य यातायात व्यवासायीहरूले पनि समर्थन गरेका छन्।
चक्काजाम आज दिउँसो १ बजेसम्म हुने र त्यसपछि पनि सरकारले माग नसुने अझै कडा आन्दोलन गरिने चेतावनी पनि व्यवसायीहरूले दिएका छन्। लामो समयदेखि सरकारले ढुङ्गाजन्य वस्तुको उत्खनन्, तथा निकासीमा रोक लगाएको छ।
setopati