नुवाकोटमा पुर्ण खोपको अनुगमन

प्रेमनारायण आचार्य 
नुवाकोट । अर्घाखाँचीको नुवाकोट गाविसमा आज पुर्ण खोप अनुगमन तथा शिसु स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला स्वास्थय कार्यलय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक लिला गौतम, खोप अधिकृत रामप्रसाद दमासे, लगायतले बालबालिकाको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । 
अनुगमन कार्यक्रममा एमाओबादीका राजेन्द्र आचार्य, पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य लागायतको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा सबै बालबालिकाले खोपको मात्रा पुरा गरेको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यलय अर्घाखाँचलिे बताएको छ । 

अन्य समाचारहरु