खर्च पारदर्शी र प्रतिस्पर्धी नभएको भन्दै ग्लोबल फन्डले नेपाललाई दिने सहयोगमा रोक

काठमाडौं- एचआइभी, क्षयरोग र मलेरिया नियन्त्रणमा भइरहेको खर्च पारदर्शी र प्रतिस्पर्धी नभएको भन्दै ग्लोबल फन्ड ले नेपाललाई दिने सहयोग रोकेको छ। 

विश्वका आठ धनी राष्ट्रले खडा गरेको यो कोषले सन् २०११ मा चार वर्षका लागि नेपाललाई चार अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। 
त्यसमध्ये करिब ५ करोड ८० लाख रुपैयाँको पछिल्लो किस्ता ‘काम सन्तोषजनक हुन नसकेको’ भन्दै रोकिएको हो।
nagariknews