आतंकवादी समुह अल कायदाले ध्वस्त पारेको अमेरिकाको न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरको नवनिर्मित भवन व्यापारीक प्रयोजनको लागि खुला गरिएको छ ।
११ सेप्टेम्बर सन् २००१ मा अल कायदा आतंकवादीहरुले विमान ठोकाएर ध्वस्त पारेको वल्र्ड ट्रेड सेन्टरका दुईवटा गगनचुम्बी भवनको ठाँउमा निर्माण गरिएको नयाँ भवनमा हिजोबाट व्यापारीक प्रयोजन सुरु भएको हो ।
यसलाई अमेरीकाले आतंकवाद विरुद्धको लडाईमा हात पारेको पछिल्लो सफलताको प्रतिकको रुपमा हेरिएको छ । आतंकवादी आक्रमणमा ध्वस्त भएको १३ वर्षपछि नवनिर्मित भवन खुला गरिएको हो ।
ध्वस्त ट्वीन टावरको ठाँउमा निर्माण गरीएको उउटा मात्र भवन १ सय ४ तले रहेको छ । ३ अर्ब ८० करोड अमेरीकी डलरको लागतमा निर्माण गरीएको नयाँ टावर अमेरीकाको हालको सबैभन्दा अग्लो भवन हो । यसको उचाई ५ सय ४१ मिटर रहेका छ ।
AGENCIES