इराक र सिरियामा आतंवादी गतिविधि संचालन गरिरहेको इस्लामिक स्टेट आईएसद्धारा सञ्चारमाध्यम संचालन

इराक र सिरियामा आतंवादी गतिविधि संचालन गरिरहेको इस्लामिक स्टेट आईएसले सञ्चारमाध्यम संचालन गरेको पाइएको छ ।
आफ्ना गतिविधि सार्वजनिक गर्न आईएसले हाउस अल आइटिज्म, अल फुरकान र अल हयात सेन्टर जस्ता संचारमाध्यम सञ्चालन गर्दै आएको बीबीसीले जनाएको छ । सन् २०१४ मा यी संचारमाध्यम संचालनमा ल्याइएको हो ।
सो समूहले अनलाइनमार्फत नै लडाकुहरुका लागि आवेदन लिई भर्ति गर्ने गरेको पाइएको छ । सो समूहले संचारमाध्यम संचालन गरेको सार्वजनिक भएपछि आईएसले भने आफ्नो अनलाईनलगाएतका केही सञ्चारमाध्यमहरुको नाम नै परिवर्तन गरेको छ ।
AGENCIES