बेलायतमा शिक्षिकाको हत्या गरेको अभियोगमा एक बिद्यार्थीलाई जन्म कैद सजाय

बेलायतमा शिक्षिकाको हत्या गरेको अभियोगमा एक बिद्यार्थीलाई जन्म कैद सजाय तोकिएको छ । बेलायती उच्च अदालतले १६ बर्षिय बिल कारनिकलाई त्यस्तो सजाय तोकेको हो ।
उनले ६१ बर्षिया शिक्षिका एन मैगरको घाँटी र कम्मरमा चक्कु प्रहार गरी हत्या गरेको बताइएको छ । घटनाका बेला उनी १५ बर्षको मात्र रहेकोले एक बर्ष कारागारमा राखी १६ बर्षमा मात्रै अदालतले सुनुवाई गरेको हो । सुनुवाईका बिलले शिक्षिकाको हत्याबाट कुनै पश्चाताप नभएको बताएका थिए ।
AGENCIES