अड्गुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अड्गुरी भञ्ज्याङ्गमा बुधबार विहान बसले किच्दा सहचालकको मृत्यु भएको छ ।
खिदिमको दुर्गाफाँटबाट नरपानीको घुम्टी आउदै गरेको लु १ ख ७३१६ नम्बरको बसले किच्दा ठाडा गाविस – ५ का ३२ वर्षीय सहचालक कृष्ण बहादुर विकको ज्यान गएको हो ।
अड्गुरी ६ भञ्ज्याङ्गमा रोकिएको बसमा ओट लगाउने क्रममा विकलाई विहान १० बजेतिर बसले किचेको थियो ।
गाडी चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी निरीक्षक प्रेम खडकाले बताए ।