चर्चित पत्रिका फोब्र्सले विश्वका शक्तिशाली हस्तीको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका एक से एक हस्तीलाई उछिन्दै एक नम्बरमा स्थान बनाएका छन् ।
पुटिन लगातार दोस्रो पटक अमरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै उक्त स्थानमा परेका हुन् । चिनियाँ राष्ट्रपति शी जिनपिङ तेस्रो स्थानमा रहँदा इसाई धर्मगुरु पोप फ्रान्सिस चौथो तथा जर्मन चान्सलर एञ्जेला मर्केल पाँचौं स्थानमा छन् ।
उच्च दशमा स्थान बनाउने महिलामा मर्केलका अतिरिक्त अमेरिकी फेडरल बैंककी जनेट एलेन छिन् । माइक्रोसफ्टका मालिक सातौं स्थानमा रहँदा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भने दशौं नम्बरमा रहेका छन् ।
यता भारतका प्रधानमन्त्री नरेंद्र मोदीले पनि पहिलो पटक विश्वका हस्तीको सूचीमा नाम लेखाएका छन् । उनी संसारका सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा पन्ध्रौं नम्बरमा छन् । मोदीले सुरक्षित गरेको पन्ध्रौं नम्बरबारे फोब्र्सले भनेको छ, भारतका नयाँ रकस्टार बलीवुडबाट नभई आम चुनावमा भारी जीतका साथ कार्यभार सम्हाल्ने नवनिर्वाचित प्रधानमन्त्री हुन् ।
AGENCIES / IMAGEKHABAR