अर्घाखाँचीमा एकद्धार प्रणालीबाट दुध बिक्री हुने

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीका कृषकहरुले उत्पादन गरेको दुध अब  एक द्धार प्रणालीबाट बिक्री हुने भएको छ । कृषकहरुले उत्पादन गरेको सुद्ध दुध उपभोक्ता समक्ष पुराउनकालागि र जिल्ला भर एकै मुल्यमा उही गुणस्तरको दुध बिक्री गर्नका लागि कृषकहरु लागि परेका छन ।  
   जिल्ला पशु सेवा कार्यलय अर्घाखाँचीको आयोजनामा दुग्ध उत्पादक, उपभोक्ता, तथा सरोकारवाला बिच सन्धिखर्कमा भएको अन्तरक्रिया गोष्ठीले यस्तो निर्णय गरेको हो ।  
  भेलाले कृषकहरुले उत्पादन गरेको दुधलाइ एकद्धार प्रणालीबाट बिक्री बितरण गर्नकालागि कुशल भुसालको अध्यक्षतामा १५ सदस्यीय अर्घाखाँची दुग्ध उत्पादक तथा बिक्री बितरण सस्थाको गठन गरेको छ । 
  सस्था गठन गरि सकेको र अन्य प्रकृया पुराएर छिटै एक द्धार प्रणलीबाट दुध तथा दुध जन्य पदार्थ बिक्री गरिने अध्यक्ष कुशल भुसालले बताए । 
  जसको उपाध्यक्षमा सागर केसी, सचिब गणेश प्रसाद बन्जाडे ,सहसचिब गोकर्ण बन्जाडे, र कोषाध्यक्षमा जानका बन्जाडे रहेका छन । जसको सदस्यहरुमा पशुपति ढकाल, उसा बन्जाडे, चिरञ्जिबी गैरे, रामजी पौडेल, चेतबहादुर खत्री, नारायण खत्री, गिरीप्रसाद सापकोटा, माया रायमाझि र तारा भुसाल रहेका छन । 
कार्यक्रममा जिल्ला पशु सेबा कार्यलयका प्रमुख डा. रामनाारयण मञ्डल, डा. नारायण घिमिरे लगायतले एकद्धार प्रणालीबाट दुध बिक्री गर्दाका फाइदा बारे मन्तब्य राख्नु भएको थियो । 

अन्य समाचारहरु