सन्धिखर्क नगरपालिकाद्धारा सात महिना देखि बिस्तारामा थला परेका गन्धर्बलाई खाद्यान्न सामाग्री प्रदान

प्रेमनारायण आचार्य

 

सन्धिखर्क ।  बिगत सात महिना देखि बिस्तारामा थला परेका अर्घाका हिराबहादुर गन्धर्बको परिबारलाई  नगरपालिकाको कार्यालय सन्धिखर्कले खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

 


बिगत ७ महिना देखि कम्मर देखि मुनीको भाग नचल्ने भए पछि बिस्तारामा खुरी खेलि रहेका अर्घा धरम्पानीका ४८ बर्षिय हिराबहादुर गन्धर्ब कि श्रिमतीलाई खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै नगरपािलकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम्

 

दैनिक रुपमा सारंगी बजाएर आफ्नो रोजीरोटीको चाँजोपाजो मिलाउदै आएका अर्घाका हिराबहादुर गन्धर्ब बिगत सात महिना देखि घरको बिस्तारमा मर्नु न बाच्नु भएर छट्पटाइ रहेका छन ।  उनलाइ दैनिक रुपमा बिहान बेलुकाको छाक जुटाउन पनि समस्या परेको भन्ने समाचार पत्रकार प्रेमनारायण आचार्यले बिभिन्न मिडीयामा प्रकासन तथा प्रसारण गरे पछि नगरपालिकाले खाद्यान्न सामाग्री प्रदान गरेको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले गन्धर्बकि श्रिमतीलाइ १ क्वीन्टल चामल, दाल, तेल र नुन  हस्तान्तरण गर्नु भएको हो । उनले समाचारमा आए जस्तै तत्कालका लागि सारंगी बजाएर जिबीका चलाउदै आउका गन्धर्ब परिबालाइ बिहान बेलुका खाना खान समस्या नपरोस भनेर खाद्यान्न सामाग्री प्रदान गरेको बताए


   साबिकको अर्घा गाविस वाड न . ७ हालको सन्धिखर्क नगरपालिका वाड न . १३ धरम्पानी भक्तेडाडा निवासी ४८ बर्षिय हिराबहादुर गन्धर्ब प्यारलाइसिसले थला परेका छन । उनको कम्मर देखि मुनीको भाग नचलेपछि गएको बैसाख महिना देखि उनी मुढो जस्तै भएर बिस्तारामा खुरी खेलि रहेका छन ।


जो होचो उसकै मुखमा घोचो भने जस्तै गरिबीको कारण दुई  छाक खानका लागि पनि सारंगी बजाउदै घर चाहर्नु पर्ने हिराबहादुर गन्धर्बले उपचार गर्ने कुरात परै जाओस बिहान बेलुका के खाने भन्ने चिन्ता परेको बताउदै आउका छन काम गर्न पनि जान सक्दिन सारंगी बजाउन बिस्टको घर पनि जान सग्दैन कसरि बिहान बेलुका हातमुख जोड्ने समस्या पर्यो । मत खान नपाएरै मर्छुकि जस्तो लागेको छ  गहभरि आसु झार्दै उनले भन्छन ।


दुइ छाक खानको लागि र उपचारको लागि सहयोग गरेर आफ्नो जीबन बचाइ  दिन  उनले सबै संग आग्रह र अपिल गरेका छन ।


उनको स्याहार सुसार गर्नु पर्ने भए पछि उनकि  श्रिमती पनि काम गर्न जान सग्दैनन । आफ्नो श्रिमानलाइ बाहिर भित्र गराउने उठाउने, सुताउने, र दिसापिसाब सोहर्नु पर्ने काममा ब्यस्त छिन । जसका कारण कहि गएर कसैको काम गरेर खर्च जुटाउन पनि सकेकि छैनन ।


अरुको घरमा गएर गित गाए वापत अरुले दिने अन्न,घयु तरकारी र पैसाले जिवन निर्वाह गदै आएका हिराबहादुरले अहिले यस्तो समस्या ब्यहोररिरहेका छन ।  त्यसैले सबैले थोरै थारै भएपनि सहयोग गरेर बिस्तारामा खुरिखेलिरहेका गन्धर्बको दुईछाक जुटाउने र उपचारको लागि नगरपालिकाले जस्तै तपाइ हामिले पनि पनि सहयोग गर्नु पर्छकि ।

अन्य समाचारहरु