नेपाल क्रिकेट संघ विघटन, विनयराज पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन
कार्तिक २० गते, २०७१ मा प्रकाशित
काठमाडौं, कार्तिक २० । सरकारले नेपाल क्रिकेट संघ (क्यान) विघटन गरी विनयराज पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन गरेको छ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले क्यानको कार्यसमिति विघटन गरी पाण्डेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेश सिलवाल रहेका छन् । तदर्थ समितिको अध्यक्ष तोकिएका पाण्डे क्यानका पूर्वअध्यक्ष हुन् ।